सन्ताेष शर्मा
गोडापन्ध्रेक वर्षअघि म कान्तिपुर टेलिभिजनको समाचार कक्षमा काम गर्थें । स्टेसन स्थापनाको सुरुआती चरण थियो ।
गोडापन्ध्रेक वर्षअघि म कान्तिपुर टेलिभिजनको समाचार कक्षमा काम गर्थें । स्टेसन स्थापनाको सुरुआती चरण थियो ।
समाचार टाइप गरिसकेपछि त्यसको प्रिन्ट बोकेर शरच्चन्द्र वस्तीको टेबलमा
जानुपथ्र्यो । वस्ती समाचार सम्पादक थिए ।
जानुपथ्र्यो । वस्ती समाचार सम्पादक थिए ।
आफूले कनीकुथी गरेर साह्रै सुन्दर बनाएँ भन्ठानेको समाचार उनको कक्षबाट बाहिरिँदा फागु खेलिरहेको मान्छे जस्तो रङले लतपत हुन्थ्यो ।
उनी रातो, हरियो र सायद नीलो मसी पनि चलाउँथे । तर उनलाई जेल पेन नै चाहिन्थ्यो । त्यो पनि अलिक महँगो खालको ।
आफूले कत्ति न लामो पनि राम्रो पनि लेखेँ भन्ठान्थेँ । तर उनको टेबलबाट फर्किंदा समाचार ठुटो भइजान्थ्यो । आफूले मेहनत गरेर अनेक सूचना जुटाएर तयार गरेको समाचार ठुटो पारिदिँदा सुरुसुरुमा साह्रै चित्त दुखेको थियो ।
तर बिस्तारै बुझ्दै जाँदा त्यसरी कटनीमा परेको समाचार झन् सिँगारिएको भन्ने थाहा भयो । नचाहिँदा वाक्य, शब्द र कतिपय ठाउँमा प्रसंगसमेत हटाएर समाचारलाई चुस्त बनाइएको रहेछ । अझ माध्यम टेलिभिजन भएको हुँदा धेरै कुरा दृश्यले नै भनिरहेको हुन्छ । धेरै व्याख्या बयान आवश्यक नै नहुने रहेछ ।
सरल वाक्यमा सजिलै भन्न सकिने कुरालाई जटिल शब्द थोपरेर कर्कश बनाइरहेको हुन्थेँ । भ्रम कस्तो भने जति जटिल शब्द थुपार्यो, आफूले लेखेको त्यति नै उत्कृष्ट भयो भन्ने ।
हुन त म वस्तीको कक्षमा जानुभन्दा पहिल्यै पनि व्याकरण, भाषा, शैली आदिका हिसाबले राम्रो लेख्नुपर्छ भन्नेमा सचेत थिएँ । सकेसम्म गल्तीरहित सलल्ल बगेको लेखूँ भन्ने लाग्थ्यो ।
हुन त म वस्तीको कक्षमा जानुभन्दा पहिल्यै पनि व्याकरण, भाषा, शैली आदिका हिसाबले राम्रो लेख्नुपर्छ भन्नेमा सचेत थिएँ । सकेसम्म गल्तीरहित सलल्ल बगेको लेखूँ भन्ने लाग्थ्यो ।
तर जब वस्तीको समीपमा पुगेँ, आफूमा धेरै कमीकमजोरी रहेछन् भन्ने महसुस भयो । त्यसपछि आफूले लेखेको र उनले जाँचेको कागज जतन गरेर राखेँ । दोहोर्याई तेहेर्याई हेर्ने र केलाउने गर्न थालेँ ।
त्यति बेलै मलाई थाहा भयो, भाषा सम्पादन भन्ने विधा पनि हुँदो रहेछ । अनि त्यसले समाचार, लेख, फिचर, विचार आदिलाई माझ्दो रहेछ र चम्काउँदो रहेछ ।
अनि, भाषा सम्पादनमा वस्ती जस्ता धारिला औजार पनि हुँदा रहेछन् भन्ने थाहा पाउँदा म अचम्भित भएको थिएँ ।
अनि, भाषा सम्पादनमा वस्ती जस्ता धारिला औजार पनि हुँदा रहेछन् भन्ने थाहा पाउँदा म अचम्भित भएको थिएँ ।
उनको एउटा विशेषता के भने समाचार वा लेखोटमा तिथिमिति या अंकसम्बन्धी कुरा छन् भने कागजको किनारातिर त्यसको जोडघटाउ गरेर ठीक छ कि छैन, जाँच्थे ।
त्यतिखेर कतिपयले उनलाई कम्प्युटरमा समाचार सम्पादन गर्न नसक्ने भन्दै कुरा काटे पनि । उनले पनि ‘ल अब म कम्प्युटरमै हेर्छु’ भने ।
त्यतिखेर कतिपयले उनलाई कम्प्युटरमा समाचार सम्पादन गर्न नसक्ने भन्दै कुरा काटे पनि । उनले पनि ‘ल अब म कम्प्युटरमै हेर्छु’ भने ।
तर मैलेचाहिँ सधैं उनको लतपत मसी नै चाहेँ । समाचारको प्रिन्ट बोकेर उनको टेबल धाइरहेँ । किनकि मलाई के–कसो गरेको, कता काटेको अनि कता जोडेको, के थपेको त्यो जान्नु थियो र थियो सिक्नु ।
मलाई आज पनि लाग्छ, उनको वैशिष्ट्य कागजमा मसीको लतपत नै हो । त्यसमै उनी खुल्छन् । र, काममा निखार दिन सक्छन् ।
मलाई भाषा सम्पादन पेसा हुन सक्छ जस्तो लाग्दैनथ्यो । त्यसैताका अजित बराल भाषा सम्पादनमा बहसपैरवी गरिहिँड्थे । त्यस्तैमा, सहपाठी महेश्वर आचार्यले बरालसँग भेटाइदिए । उनीहरूले छाप्न ठिक्क पारेको खगेन्द्र संग्रौलाको संस्मरण पुस्तक ‘सम्झनाका कुइनेटाहरू’ मेरो हातमा पारिदिए ।
म पनि के कम, रातो÷हरियो जेल पेन लिएर पुस्तकमा रङ भर्न थालेँ । केही दिनमा काम सक्काएर फर्काइदिएँ ।
बरालले ‘राम्रै गर्दारैचन्’ भनेर प्रतिक्रिया व्यक्त गरे र उनीहरूको प्रकाशनगृह फाइनप्रिन्टसँग सहकार्य सुरु भयो । र, त्यो सहकार्यले किसिमकिसिमका पुस्तक पढ्न, जाँच्न पाइयो । धेरै सिक्न पाइयो ।
नामी लेखक फोहोर लेख्छन्
ह्रस्वदीर्घ, हिज्जे नमिलेको लेखनले सम्पादनमा बाधा पुयाउँछ र ढिलाइ पनि निम्त्याउँछ । पहिले त्यो मिलाएपछि मात्र पढ्न, कुरो बुझ्न सकिने हुन्छ । मैले पाण्डुलिपिमा पहिलो चरणमा त्यही मिलाउने काम गरेको हुन्छु । किनकि हिज्जे आदि मिलेको छैन, फोहर छ भने गुदी कुरा (कन्टेन्ट)मा पस्नै सकिँदैन । यो मेरो व्यक्तिगत अनुभव हो । तर, कहिलेकाहीँ हिज्जे र कन्टेन्टमा सँगसँगै काम गर्न नसकिने पनि होइन ।
यहाँनिर मलाई लेखक केदार शर्माको याद आउँछ । उनी सामाजिक सञ्जालमा बरोबर भनिरहेका हुन्छन्, ‘व्याकरणका सामान्यभन्दा सामान्य कुरा पनि नमिलाई लेखेको छ भने म त्यो ट्विट वा स्टेटस पढ्दा पनि पढ्दिनँ । जवाफ दिने त टाढाको कुरा ।’ अझ रोमनमा लेखेको छ भने उनी झनक्कै रिसाउँछन् ।
बुद्धिसागर राम्रा लेखक हुन् र रमाइला पात्र पनि । उनी जसरी लेख्छन्, कुनै घटना सुनाउनु परे त्यस्तै डिटेलिङसहित अभिनय गरीगरी प्रस्तुत गर्छन् ।
हिज्जे र अक्षरचाहिँ खुब बिग्रेका हुन्छन् उनका । एक चरण त्यो सच्याएर फेरि पढ्दा मात्र उनको लेखाइको आनन्द लिन सकेको अनुभव धेरैचोटि मैले गरेको छु ।
लेखकहरू हिज्जे र अक्षरका बान्की सुधारतिर लागे भने तिनको सिर्जनपक्षमा कमी आउन सक्छ पनि भन्छन् कतिपय । तर उम्दा लेखकले सही भाषा, हिज्जेमा लेख्न सक्नु पनि राम्रै खुबी हो । त्यसो हुने हो भने सम्पादक लेखाइको गुण र गुदीमा सहजै केन्द्रित हुन सक्छ । र, सिर्जनामा झन् निखार आउन सक्छ ।
नागरिक दैनिकमा सँगै हुँदाखेरिको कुरा । हामी नागरिक शनिबारका लागि काम गथ्र्यौं । अनेकन् लेख र समाचार केही घण्टामै हेरेर फाइनल गर्नु पथ्र्यो । हतारको त्यो क्षण बुद्धिको लेखाइको हास्य वा मर्म मेरो दिमागमा पस्दैनथ्यो । पत्रिका छापिएर घरमा आएपछि शनिबार पढ्थेँ र रोमाञ्चित हुँदै बुद्धिलाई फोन गर्थें ।
उनै बुद्धिसागरलाई मानिसहरू खालि कर्णालीको कुरा गर्यो, अमौरीखोला वरिपरि पाठकलाई घुमायो, बालापन मात्र लेखिरह्यो भनेर पनि आलोचना गर्छन् । तर मलाई लाग्छ— उनको वैशिष्ट्य नै त्यही हो र त्यसकै कारण उनी सम्झिइरहनेछन् । तर मलाई विश्वास छ— फरक सेटिङ र विषयवस्तुमा लेखेर उनले पाठकलाई कुनै दिन अवश्य चमत्कृत पार्नेछन् ।
सुरुसुरुमा सम्पादनको काम गर्दा लेखकले लेखेका आञ्चलिक शब्द म आफूले बुझिनँ भने फेरिदिन्थेँ । काठमाडौंमा जन्मेहुर्कें भन्दैमा आफूले यहीँ सुनेजानेका शब्दमात्र प्रयोग हुनुपर्छ भन्ने भ्रम ममा थियो । बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’मा काम गर्ने बेला लेखक केदार शर्मासँग परामर्शपछि थाहा भयो, त्यसो गर्न नहुने रहेछ ।
त्यसपछिका दिनमा मैले आञ्चलिक शब्दको प्रयोग अर्थ खुल्ने गरी चलाउन जोड दिन थालेँ । लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’ पढेपछि आञ्चलिकतामा सिर्जना गर्न हुने रहेछ भन्ने विश्वास आफूमा पलाएको भनेर अर्की लेखक शिवानी सिंह थारूले कतै भनेको सम्झन्छु ।
लेखक जतिसुकै चलेको किन नहुन्, शंका गर्न छोड्नु हुन्न । मलाई नामी लेखकले राम्रै लेख्छन्, सही नै लेख्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ । जसरी ग्रिक दार्शनिक सुकरातले प्रश्न गर्न युवा पुस्तालाई प्रोत्साहित गरेका थिए; त्यस्तै, सम्पादन गर्नेले सधैं शंका गर्ने र छड्केजाँच गर्नुपर्ने रहेछ ।
मलाई लाग्थ्यो, खगेन्द्र संग्रौला राम्रा लेखक हुन् । यसमा कुनै शंका थिएन र छैन पनि । उनी राम्रा अनुवादक पनि हुन् । यसमा पनि कुनै शंका थिएन र छैन पनि । तर उनले गरेको काममा सम्पादकको हैसियतले एकफेर शंका र छड्केचाहिँ चलाउनैपर्छ ।
‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तकमा ‘म्यागजिनमा गोली लोड’ गर्ने प्रसंगको अनुवाद ‘पत्रिकामा गोली’ हुन गएको थियो । अनुवाद जाँच्ने र भाषा हेर्नेबाट पनि त्यो चिप्लियो ।
मानिसहरूले त्यो प्रसंगको आलोचना स्वाद मानीमानी गरे तर बाँकी पक्षको सानदार अनुवाद भने च्वाट्टै भुलिदिए ।
मानिसहरूले त्यो प्रसंगको आलोचना स्वाद मानीमानी गरे तर बाँकी पक्षको सानदार अनुवाद भने च्वाट्टै भुलिदिए ।
यहाँनिर एउटा भनाइ याद आउँछ, विमानको हजारौं माइल सफल उडानको समाचार बन्दैन तर एउटा दुर्घटनाले हजार समाचार जन्माउँछ ।
सम्पादकको भूमिका पनि त्यस्तै हो । कतिपयले यसलाई अपजसे काम पनि भन्छन् । राम्रो होउन्जेल चर्चै हुन्न, मौनता कायम रहन्छ । न्यूनतम स्तरको धन्यवाद ज्ञापन पनि हुन्न । तर केही बिग्रेको खण्डमा आलोचना वर्षा ।
बेस्टसेलर ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक त्यसयता दसौं पटकसम्म हेर्ने र मिलाउने काम गरियो । कतिपय तथ्यगत भूल मूल कृतिमा समेत भएको हामीले पायौं ।
पाका लेखक÷अनुवादक खगेन्द्र संग्रौला हुन् या तन्नेरी अनुवादक दिनेश काफ्ले, सम्पादकले तिनको काममा शंका गर्नैपर्ने हुन्छ ।
पाका लेखक÷अनुवादक खगेन्द्र संग्रौला हुन् या तन्नेरी अनुवादक दिनेश काफ्ले, सम्पादकले तिनको काममा शंका गर्नैपर्ने हुन्छ ।
संग्रौलाले ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’लाई ‘माइक्रोसफ्ट छोड्दै संसार बदल्दै’ टाइटल अनुवाद गरेका थिए भने बेन्यमिनको उपन्यास ‘गोट डेज’लाई काफ्लेले ‘बाख्रे जिन्दगी’ लेखेर बुझाएका थिए । तिनले लेखेका टाइटल न मीठा थिए न त भाषा सुहाउँदो । त्यसमा शंका गरियो र विकल्प खोजियो ।
लेखकहरूमा कुनै शब्दप्रति विशेष प्रीत हुन सक्छ । जस्तो खगेन्दाइ (संग्रौला) ‘गम खान’मा माहिर छन् । सिंगो पुस्तकभरिमा एकादुई ठाउँमा गम खानु ठीकै होला तर बीस ठाउँमा गम खानुचाहिँ अलि बढी नै हुन्छ । हो, यस्तोमा ख्याल पुर्याउनुपर्छ ।
लेखकमा बहकिने गुण हुन सक्छ । त्यो सामान्य हो । बहकिन दिनुपर्छ । तर त्यसलाई कति मात्रामा पाठकसम्म पुग्न दिने हो, पढ्नेले कतिसम्म पचाउन सक्छ, त्यसको निक्र्योल भने सम्पादकले गर्न सक्नुपर्छ ।
खगेन्दाइकै अर्को प्रसंग । उनको पुस्तक ‘आफ्नै आँखाको लयमा’ चाँड्चाँडै हेरेर सक्नुपर्ने प्रस्ताव आयो । मैले अलि लामो समय मागेँ । उनलाई के हतारो रैछ कुन्नि, ‘मेरो किताब मै सम्पादन गर्छु’ भने ।
उनैले फाइनल गरेको पुस्तक छापियो । भरमार गल्ती अनि टाइपोज देखिए ।
पछि कुनै एउटा कार्यक्रममा उनले ‘यो मेरो बुताको कुरा होइन रैछ’ भनेर सकारे पनि ।
यहाँनिर मलाई पेट्रिसिया फुलरको भनाइ याद आउँछ । उनी भन्छिन्, ‘सम्पादन वा संशोधनबिनाको प्रकाशन कट्टु मात्र लगाएर दोबाटो टहल्नु जस्तै हो ।’ सरल भाषा, छोटा वाक्य र कमभन्दा कम शब्दले कुरा बुझाउने हुनुपर्छ भनिन्छ भाषा । भाषा हेर्नेको मुख्य ध्येय नै त्यही हुन्छ । कसैकसैले भनेको सुनिन्छ पनि, सरल लेख्न गाह्रो ।
अनुवाद सम्पादन झन् जटिल कार्य हो । प्रथमतः अनुवाद नै जटिल काम हो । अनुवादकमा मूल भाषा र अभिव्यक्ति टक्क बुझ्न सक्ने सीप त चाहिन्छ नै । त्यसलाई उल्था मात्र होइन, अभिव्यक्त गर्न सक्ने कला पनि उत्तिकै जरुरी हुन्छ । अनुवाद सम्पादन झन् चुनौतीपूर्ण काम हो भन्ने लाग्छ । किनकि अर्को भाषामा लेखिएको कुरा जुन भाषामा आउने हो, त्यही भाषामा मूल रूपमा लेखिएझैं गरी ढाल्नुपर्छ ।
लेखक थरीथरी
एक लेखकले आफ्नो संघर्षका दिन, क्रान्ति, उपलब्धिका कुरा राखेर पुस्तक तयार गरे । पुस्तक ठीकठीकै हो । तर उनले एउटा कस्तो अध्याय पनि लेखेका रहेछन् भने त्यसमा उनको जन्मकुण्डली नै रहेछ । न्वारनको नाम, आफ्नो नामपछाडिको रहस्य, गोत्र, मावली खलक, ससुराली खलक आदिको विवरण । मैले उनलाई ‘पुस्तक अलि मोटो पनि भयो, यो अध्याय हटाऊँ’ भनी घुमाउरो पाराले सुझाएँ । तर उनले माने पो !
भने, ‘अर्को पुस्तक लेखिन्छ लेखिन्न कुन्नि, यो कुरा कहाँ छाप्ने फेरि ?’
अर्का एकजना लेखकले एउटा निबन्ध लेखे, ‘म यसकारण मोटरबाइक चढ्दिनँ ।’
अर्का एकजना लेखकले एउटा निबन्ध लेखे, ‘म यसकारण मोटरबाइक चढ्दिनँ ।’
लेखमा उनले मोटरसाइकलबाट हुनसक्ने स्वास्थ्य समस्या, ज्यानको जोखिम आदि इत्यादि प्रकट गरे । त्यसैकारण मोटरसाइकल कहिल्यै नसिकेको उल्लेख गरे । तिनै लेखकले एउटा अर्को संस्मरणमा मोटरसाइकलमा कुन्नि कसलाई घुमाएर कता हो लगेको प्रसंग राखे ।
संस्मरण छाप्ने बेला त्यही कुरा मैले लेखक मित्रलाई सम्झाएँ । तर उनले चुप लाग्न इसारा गरे ।
कल्पना कतिसम्म गर्ने र कल्पनाशील कतिसम्म हुने? कल्पना गरेको कुरा सत्यसँग मिलेन भने समस्या हुन्छ । जस्तो एकचोटि फिचर लेख्ने क्रममा एक मित्रले एउटा पुरानो प्रेमजोडीको अनुभव उतारेका थिए ।
‘
कल्पना कतिसम्म गर्ने र कल्पनाशील कतिसम्म हुने? कल्पना गरेको कुरा सत्यसँग मिलेन भने समस्या हुन्छ । जस्तो एकचोटि फिचर लेख्ने क्रममा एक मित्रले एउटा पुरानो प्रेमजोडीको अनुभव उतारेका थिए ।
‘
उनीहरू रातभरि फोनमा कुरा गर्थे । बिल जतिसुकै उठोस्, उनीहरूलाई परवाह थिएन ।’
यो कुरा त्यतिखेरको थियो, जतिखेर काठमाडौंमा थोरै मात्र घरमा टेलिफोन हुन्थे । तर, फोन रातैभरि–दिनैभरि गरे पनि एकै कल गणना हुन्थ्यो ।
यो कुरा त्यतिखेरको थियो, जतिखेर काठमाडौंमा थोरै मात्र घरमा टेलिफोन हुन्थे । तर, फोन रातैभरि–दिनैभरि गरे पनि एकै कल गणना हुन्थ्यो ।
यो कुरा मलाई हेक्का थियो । र त मैले लेखकलाई सजग गराउन सकेँ र ‘अतिकल्पना’बाट रोक्न सकेँ ।
मलाई त्यो कुरा थाहा नभएको भए, या बिर्सेको भए त्यसमा सायदै शंका उठ्थ्यो । ‘फ्याक्ट चेकिङ’ त टाढाको कुरा । सम्पादनको कुरा गर्दा पृष्ठभूमिको पनि महŒवपूर्ण भूमिका हुँदो रहेछ, जस्तो हामी पहिले के काम गथ्र्यौं ।
एउटा पुस्तक सम्पादन क्रममा एकजना साथीले ‘स्क्रोल’लाई ‘स्कोर’ गराइदिएछन् । त्यही पुस्तक दोस्रोपल्टको सम्पादन मेरो जिम्मामा थियो । प्रसंग टेलिभिजन स्क्रिनमा तलपट्टि खुरुखुरु हिँडिराख्ने समाचार वाक्यबारे थियो, जसलाई स्क्रोल भन्छन् । टेलिभिजनमा काम गरेको मेरो अनुभवले त्यसलाई फ्याट्टै समाइहाल्यो ।
मलाई लाग्छ, भाषा सम्पादन कहिल्यै पनि पूर्ण हुँदैन । यो त एउटा प्रक्रिया जस्तो हो । जस्तो हामीले एउटा लेख या फिचर वा पुस्तक नै एक चरण सम्पादन गरेर सक्यौं भने के त्यो सधैंका लागि पूर्ण होला त ?
अवश्य हुन्न । अर्कोपल्ट हेर्यौं भने यो–यो फेरूँ, यो–यो हटाऊँ, याँ–याँ, यो–यो थप्न पाए हुन्थ्यो जस्तो लागिहाल्छ ।
सुधार्नुपर्ने टाइपो र तथ्यगत भूल या असावधानीका कुरा त सामान्य नै भए ।
धेरै वर्षअघि अखबारमा आफ्नो नाममा फिचर छापिएपछि ‘यसलाई यस्तो गरेको भए हुने रहेछ’ भनेर साथी महेश्वर आचार्यसँग गनगन गर्दै थिएँ । त्यत्तिकैमा उनले भने, ‘यस्तो हुनु भनेको परिस्कारप्रतिको तीव्र चाह हो । राम्रो लक्षण हो । सुध्रनु हो ।’
यो कुरा आज पनि सम्झिराख्छु र चित्त बुझाउँछु । गल्ती हुनु सामान्य हो । महŒवपूर्ण कुरा, गल्तीको न्यूनीकरण हो । र हो, अर्कोपटक नदोहोर्याउनु, आगामी अंक वा संस्करणमा सच्याउनु ।
काम गर्दै जाँदा मलाई लाग्यो— सम्पादन भनेको निरन्तरको प्रक्रिया हो, निरन्तरको सिकाइ हो; जो मसिना–मसिना अनुभव, ज्ञान, सूचना अनि खोजको संगमले खारिँदै जान्छ ।
कोही पनि एक्लो व्यक्ति पूर्ण सम्पादक हुन सक्दैन । कुनै न कुनै पक्षमा ऊ कमजोर हुन्छ नै । अथवा उसले गरेको काम फेरि अर्को दिन उसैले हेर्यो भने त्रुटि देखिहाल्छ ।
फाइनप्रिन्टका प्रकाशक अजित बराल भन्छन्, ‘छापिएर आएको ताजा पुस्तक हेर्नै डर लाग्छ । आँखाले गल्तीहरू मात्र देख्न थाल्छन् ।’ सम्पादक समूह राखेर विषयवस्तुसँगै भाषामा काम गर्ने अभ्यास पनि चलिआएको छ । त्यसो गर्दा उत्पादन स्तरीय हुने आशा गर्न सकिन्छ ।
सुललित भाषा त्यस्तो डोरी हो जसले पाठकलाई कुनै पनि पठनमा बाँधिराख्छ । बलियो विषयवस्तु त हुनैपर्छ, सँगसँगै सम्प्रेषणीय ।
सम्पादनको अर्को नाम नै प्रयास हो भन्ने लाग्छ । सुधारको प्रयास, सपार्ने प्रयास ।
(अन्नपूर्ण पाेस्ट फुर्सदबाट)